सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार (फागुन १२) सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।

आजका लागि सुनको मूल्य तीन लाख १४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन तीन लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५ सय ८५ रुपैयाँ कायम भएको छ ।

हिजो पाँच हजार ५ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *