२४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनावमा मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई अघि बढाउने र २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने योजना बनाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

समानुपातिकतर्फ एक/दुई दिन लागे पनि प्रत्यक्षतर्फको धेरै ढिला नहुने उनको भनाइ छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार चुनाव तयारी केन्द्रित आवश्यक सम्पूर्ण व्यवस्थापन सकेर आयोग पूर्णरूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यही २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले चुनावकाे समयमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आाग्रह गरेका छन् । उनले निषेधको राजनीति नगर्न राजनीतिक दलहरूलाई चेतावनीसमेत दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *