मच्छेगाउँमा आज उम्मेदवारसँग जेन-जी संवाद् कार्यक्रम आयोजना हुँदै

Thankot Times

थानकोट ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँमा आज बिहीबार तरुण तथा जेन-जी संवाद कार्यक्रम आयोजना हुने भएको छ ।

अपरान्ह ४:३० बजे चन्द्रागिरि नगरपालिका वडा नं. ०९ मच्छेगाउँमा सो कार्यक्रम सुरु हुने बताइएको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल तरुण दलको आयोजनामा यस कार्यक्रम संयोजन भएको हो ।

कार्यक्रममा काठमाडाैं क्षेत्र नं. १० मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका हिमाल कार्कीको प्रमुख उपस्थिति रहने नेपाल तरुण दल काठमााडैं क्षेत्र नंं १० का सभापति इश्वर लामाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ