एक व्यक्तिले एक पटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँ जरिवाना हुने
थानकोट ।
प्रतिनिधि सभा सदस्यका लागि २१ फागुनमा मतदान हुँदैछ ।
कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।
निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एक पटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
आयोगले सोमबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो ।

















