निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा भिरबाट खस्यो, एक जनाको मृत्यु
थानकोट ।
निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटनामा परेको छ । उक्त गाडी भिरबाट खसेको हो ।
जिल्ला प्रहरीका कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजन तिमल्सिनाका अनुसार, मतपेटिकालगायत कर्मचारी सवार गाडी भीरबाट खसेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जित दुर्घटनामा परेको थियो ।
सो जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको हो । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।
गाडीमा निर्वाचन सामग्रीसहित १०/११ जना निर्वाचनमा खटिएका कर्मचारी थिए । अहिले उद्धारका काम भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।












