मच्छेगाउँबाट समातिए फागुन २१ गते चुनाव भएमा ठूलो अनिष्ट हुने भन्दै भविष्यवाणी गर्ने ज्योतिष
थानकोट ।
फागुन २१ गते चुनाव भएमा ठूलो अनिष्ट हुने भन्दै भविष्यवाणी गर्ने ज्योतिष रुद्रनाथ अधिकारी समातिएका छन् ।
प्रहरीले अधिकारीलाई मच्छेगाउँस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको छ।
अधिकारीले पछिल्लो समय विभिन्न अन्तर्वार्तामा चन्द्रग्रहण लागेको दिन निर्वाचन गर्न नहुने र मिति सानुपर्ने बताउँदै आएका थिए ।
तोकिएको मितिमा निर्वाचन भए देशमा अनिष्ट हुने उनको भविष्यवाणी थियो । तर निर्वाचनको संघारमा भ्रम फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
अधिकारीकाे परिवारले अदालत जाने तयारी गरेकाे बताएका छन् ।















