काठमाडाैं १० मा अघिल्लो चुनावमा ८७३६ मत ल्याएका प्रदिप विष्टले यसपटक पाए ३७४६९ मत
थानकोट ।
२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नंं १० बाट चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार प्रदिप विष्टको पक्षमा उक्त चुनावमा खसेको कुल सदर ५११२६ मतमध्ये ८७३६ मत (१७ प्रतिशत) पर्दा उनी अन्तिम मतपरिणामको तेस्रो स्थानमा रहे ।
उनीभन्दा अघि नेपाली काँग्रेसका उमेदवार राजेन्द्र कुमार केसी र नेकपा एमालेका हिमेश केसी थिए ।
सो निर्वाचनमा नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले १४४५८ मत पाउँदै संसदीय चुनावमा ह्याट्रिक गरेका गर्दा एमालेका हिमेश केसीले ११७८६ मत पाएका थिए ।
राप्रपाका बलराम थापाले ६९५६ मत पाएको उक्त निर्वाचनमा १८ जना उमेदवारले काठमाडाैं क्षेत्र नं. १० बाट भोट मागेका थिए ।
त्यस बेला प्रकाशित समाचार हेर्नुहोस्⇓
काठमाण्डाै क्षेत्र नं. १० मा काँग्रेसका राजेन्द्रकुमार केसीको सानदार ह्याट्रिक
गत भदाै २३ र २४ गते देशभर भएको नवयुवाहरूको प्रदर्शनपछि निम्तिएको राजनीतिक परिवेशले २ वर्षअघि नै तानिएको संसदीय चुनावमा रास्वपाले काठमाडाैं क्षेत्र नंं १० मा उक्त पार्टीका काठमाडाैं जिल्ला सभापति कीर्तिपुरका प्रदिप विष्टलाई टिकट दियो । यसपटक सम्पन्न चुनावमा काठमाडाैं क्षेत्र नंं १० मा खसेको ६०१६१ मत मध्ये सदर मत ५८०५८ को ६४.५३ अर्थात ३७४६९ मत घण्टी चिन्हमा पर्यो । यो निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी बनेका नेपाली काँग्रेसका उमेदवार हिमाल कार्कीले ८१०० मत पाए । विजेता विष्ट र दोश्रो स्थानमा रहेका कार्कीले पाएको मतको अन्तर २९३६९ रह्यो । यो मतान्तर काठमाडाैं जिल्लामा दोश्रो ठूलो अन्तरको जित हो ।
निर्वाचन आयोगका अनुसार, काठमाडौं–९ मा रास्वपाका डीपी अर्यालले नेपाली कांग्रेसकी उमेदवार नानुमैया बास्तोलालाई २९ हजार ६३३ मतान्तरले पराजित गरे । उनले ३५ हजार ९३ मत ल्याए ।
बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गरिन् । यो नै काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतान्तरको जित हार हो ।
काठमाडाैं क्षेत्र नंं १० मा विष्टसँगै प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका हिमाल कार्की आठ हजार एकसय मतसहित दोस्रो भएर जमानत पनि जोगाए । तर, तेस्रो भएका एमालेका विनोद श्रेष्ठले चार हजार ८६४ मत ल्याउँदा उनको जमानत जोगिएन । उनी र नेकपाकी रुपा महर्जन, राप्रपाका बलराम थापासहित २३ उमेदवारको जनमत जफत भएको छ ।
काठमाडौं क्षेत्र नं १० रास्वपाका प्रदिप विष्ट विजयी, २३ जना उमेदवारको जमानत जफत















