समानुपातिक सांसदलाई निर्वाचन आयोगले चैत ५ मा प्रमाणपत्र दिने

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई यही चैत ५  गते प्रमाणपत्र वितरण गर्ने भएको छ ।

आयोगले सोमबार (चैत २) समानुपातिकतर्फका ११० सांसदको सूची सार्वजनिक गर्दै चैत ५ मा प्रमाणपत्र दिइने जनाएको हो ।

साे दिन बिहान ११:३० बजे आयोगको परिसरमा प्रमाणपत्र प्रदान गरिने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले समानुपातिक सिट पाए ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले चार/चार सिट पाएका थिए ।

दलहरूले समानुपातिक बन्दसूचीबाट सोहीअनुसार नाम आइतबार आयोगलाई बुझाएका थिए ।

समानुपातिकतर्फ ६ दलबाट निर्वाचित ११० जना सांसदको सूची सार्वजनिक


Leave a Reply

Your email address will not be published. Required fields are marked *