करिब ४ करोड रुपैयाँमा त्रिभुवन पार्क स्तरोन्नति हुँदै, प्राविधिक मूल्यांकनमा छानिए ३ कम्पनी

Thankot Times

थानकोट ।

थानकोटस्थित शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) को स्तरोन्नति कार्यका लागि गत माघ २० गते आह्वान भएको सार्वजनिक ठेक्कामा प्रस्ताव पेश गरेका मध्ये विभिन्न तीन वटा कम्पनीहरू प्राविधिक मूल्यांकनमा सफल ठहरिएका छन् ।

चन्द्रागिरि नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सो पार्कको स्तरोन्नतिका लागि ३ करोड ८९ लाख रुपैयाँ बराबरको ठेक्का आह्वान गरेको थियो ।

ती तीनवटा कम्पनीले पेश गरेको आर्थिक प्रस्ताव भने चैत्र ३० गते सोमबार खोलिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारको समपुरक बजेट कार्यक्रम अन्तर्गत पार्कको स्तरोन्नति हुन लागेको बुझिएको छ ।

समपुरक योजना कार्यक्रम सम्बन्धित स्थानीय तह र प्रदेश वा संघ सरकारले निश्चित प्रतिशत हिस्सा लागत साझेदारी गर्ने गरि सञ्चालन हुने गरेको छ ।

त्रिभुवन पार्क स्तरोन्नतिका लागि झण्डै ४ करोड रुपैयाँ लगानी हुँदै, खुल्यो टेण्डर


Leave a Reply

Your email address will not be published. Required fields are marked *