गृह मन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
थानकोट ।
गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्चमा रिट लगेका हुन् ।
रिट दर्ता हुन भने बाँकी रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषय हाल चर्चामा छ ।
भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ ।
उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।












