आज प्रतिनिधि सभा बैठक बस्दै
थानकोट ।
संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
बैठक साढे १ बजेका लागि बोलाइएको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।












