पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

रुघाखोकीलगायत समस्या देखिएपछि बुधबार (माघ १४) उनलाई काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

“चिसोका कारण खोकी, कफले गर्दा समस्या भएपछि अस्पताल भर्ना हुनुभएको हो । स्वास्थ्य अवस्था सामान्य छ,” नेकपाका नेता रामकुमार भट्टराईले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ