मातातिर्थमा मोटरसाइकल दुर्घटना, तीनजना बालबालिकासहित पाँच जना घाइते
थानकोट ।
चन्द्रागिरि नगरपालिका-८ मातातिर्थमा बुधबार भएको दुर्घटनामा पाँच जना घाइते भएका छन्।
मातातिर्थ बौथली चोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पसलमा ठोक्किँदा तीन बालबालिका सहित पाँच जना घाइते भएका हुन्।
रौतहटको राजदेवी नगरपालिका–२ घर भई बस्ने ३३ वर्षीय उपेन्द्र ठाकुरले चलाएको बा.प्र.०२–०३६ प ७६१५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक उपेन्द्र ठाकुर, उनकी ३० वर्षीया श्रीमती रमिता देवी ठाकुर उनीहरूका ३ वर्षीय छोरा, बाँके घर भई मातातििर्थ बस्ने २ वर्षीय बालक र चन्द्रागिरि–८ बौथली चोककी ५ वर्षीया बालिका घाइते भएका छन् ।
घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









