रेशम चौधरी चुनाव लड्न नपाउने, सर्वोच्चबाट भएन अन्तरिम आदेश
थानकोट ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले मुद्दा अन्तिम फैसलामा व्याख्या हुने भन्दै आज अन्तरिम आदेश नदिने निर्णय गरेको हो ।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य चुनावका लागि चौधरीले दर्ता गराएको उम्मेदवारी टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भइसकेको आधारमा निर्वाचन आयोगले खारेज गरेको थियो । उम्मेदवारी खारेज भएपछि चौधरी सर्वोच्च अदालत पुगेका थिए ।
फाइल फोटो
















