कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ प्रतिज्ञापत्र यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ ।

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो प्रतिज्ञापत्र फागुन ३ गते दिउँसो २ बजे सार्वजनिक गर्ने जनाएको छ ।

प्रवक्ता देवराज चालिसेले प्रतिज्ञापत्र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सार्वजनिक गरिने जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *