एसिसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोली घोषणा
थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुलाई ११, २०२६ देखि मलेसियामा आयोजना हुने एसिसी यू-१९ महिला प्रिमयर कपका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। क्यानले आधिकारिक प्रेस विज्ञप्तिमार्फत १८ सदस्यीय टोली सार्वजनिक गरेको हो।
एसियाली क्रिकेट काउन्सिलको आयोजनामा प्रतियोगिता आगामी जुलाई ११ मा सुरु हुनेछ।
टोलीको कप्तानी सोनी पाक्रिन ले गर्नेछिन्। प्रतियोगितामा नेपालले एसियाका विभिन्न राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ भने यो प्रतियोगिता नेपाली युवा महिला क्रिकेटका लागि महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।
घोषित १८ सदस्यीय टोली:
सोनी पाख्रिन (कप्तान), सना प्रवीण, अलिशा कुमारी यादव,सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कुस्मा गुरुङ, अञ्जनी पाठक, मनीषा चौधरी, स्नेहा महरा, करुणा विष्ट, प्रतिमा साह, प्रिस्ना राना मगर, साक्षी यादव, आशा चौधरी
क्यानका सचिव पारस खड्का द्वारा जारी विज्ञप्तिअनुसार टोलीले प्रतियोगिता अघि विशेष प्रशिक्षण गर्नेछ। नेपाली क्रिकेट समर्थकहरूले युवा टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन्।











