उज्यालो नेपाल पार्टीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै
थानकोट ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ ।
उज्यालो नेपाल पार्टीले आज आइतबार पत्रकार सम्मेलन गरी चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।
दिउँसो साढे एक बजे पत्रकार सम्मेलन गरेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागिएको उक्त पार्टीले जनाएको छ ।
निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दललाई चुनावी घोषणापत्र उपलब्ध गराउन आग्रह गरेको छ । सोही अनुसार दलहरूले घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।

















