बंगलादेशमा नयाँ सरकार गठन, बन्यो ४९ सदस्यीय जम्बो मन्त्रीमण्डल

Thankot Times

थानकोट ।

बंगलादेशको नयाँ सरकारले मंगलबार अपराह्न ४ः१५ मा सपथ लिएकाे छ ।

प्रधानमन्त्रीमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमान नियुक्त भएका छन् ।

रहमानलाई बंगलादेशको संसद भवन (जातिय संसद भवन)मा राष्ट्रपति महमद सबाहुदिनले सपथ गराएका थिए । उनले ४९ सदस्यीय जम्बो मन्त्रीमण्डल बनाएका छन् ।

२५ जना मन्त्री र २४ जना राज्यमन्त्री बनाइएका छन् । एकल दुई तिहाइ मत ल्याएर बीएनपीको सरकार बंगलादेशमा बनेको छ ।

दसपथग्रहण कार्यक्रम जातिय संसद भवनको दक्षिण प्लाजाको खुला स्थानमा भएको बंगलादेशी मिडियाले उल्लेख गरेका छन् ।

माल्दिभ्सका राष्ट्रपति डा.मोहम्मद मुइज्जु, भुटानका प्रधानमन्त्री दासो छिरिङ तोब्गे, भारतीय लोकसभाका सभामुख ओम बिरला, पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबाल चौधरी, नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रीलंकाका स्वास्थ्य तथा जनसञ्चार मन्त्री डा. नलिन्द जयतिस्सा जस्ता विदेशी कूटनीतिक अतिथि पनि सपथग्रहण समारोहमा सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ