प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्यो ‘प्रतिज्ञापत्र’
थानकोट ।
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बुधबार जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
सभापति थापाको प्रमुख आतिथ्यमा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभा गरेर कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । आगामी निर्वाचनलाई लक्षित गरी ल्याइएको उक्त प्रतिज्ञापत्रमा मधेशको समृद्धि, समावेशिता र आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिइएको छ ।
नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि १० बुँदे ‘भिजन’ सहितको प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।
पार्टी सभापति थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल र मधेश प्रदेशका सभापतिसहितका नेताको उपस्थितिमा जनकपुरधाम सभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
प्रतिज्ञापत्रका १० बुँदा
– सम्मानित भएर बाँच्न पाउने नेपाल
– सपना देख्न सक्ने नेपाल
– सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
– पेटभरि खुवाउने र देशलाई चिनाउने किसानको नेपाल
– ओखती र ओत दिने नेपाल
– छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
– बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
– मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
– विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
– समुन्नतिमा लम्किने नेपाल


















