रास्वपा काठमाडाैं जिल्ला अधिवेशन आज, नयाँ नेतृत्व चयन हुने, विष्टले सभापतिमा दाबी नगर्ने

Thankot Times

थानकोट ।

संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडाैं जिल्ला अधिवेशन आज शनिबार हुँदैछ ।

धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा बिहान ८ बजेबाट अधिवेशन सुरु भएको हो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

हालका जिल्ला सभापति एवं सांसद् प्रदिप विष्टले सामाजिक सञ्जालबाट नयाँ व्यक्तिले जिल्ला संगठनको नेतृत्व गर्ने बताएका छन् । उनले शुक्रबार लेखेका छन्-

काठमाडौं जिल्ला सभापति (स्थापनाकालदेखि हालसम्म) को जिम्मेवारीमा रहेर पार्टी निर्माण, संगठन विस्तार र जनताको सेवामा निरन्तर योगदान दिन पाउनु मेरो लागि गर्वको विषय रह्यो। यस यात्रामा संगठनलाई मजबुत बनाउन, संरचना विस्तार गर्न र जनआधारलाई सुदृढ गर्न निरन्तर मेहनत गरिएको छ।
भोली हुन गइरहेको प्रथम काठमाडौं जिल्ला अधिवेशनले नयाँ नेतृत्वलाई अवसर प्रदान गर्दै संगठनलाई अझ सशक्त, गतिशील र भविष्यउन्मुख दिशातर्फ लैजाने आशा सहित सम्पूर्णलाई यस कार्यक्रमका लागि हार्दिक निमन्त्रणा गर्दछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *