काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय युवाकको मृत्यु
थानकोट ।
काठमाडौं महानरपालिका-७ चाबहिलस्थित सडकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा ७१ प ९७४१ नम्बरको मोटरसाइकलका चालक पाँचथरको याङवरक गाउँपालिका–६ घर भएका २२ वर्षीय सुशन योङहाङ छन् ।
मोटरसाइकलमा सवार एक जना भने घाइते भएका छन् ।
शनबिार बेलुका बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते उनका ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई पक्राउ गरेको छ ।












