चन्द्रागिरि नगरको कवाडी कर प्रकरणः दुई समितिको छानबिन जारी

Thankot Times

थानकोट ।

सर्वत्र चासोका साथ हेरिएको चन्द्रागिरि नगरपालिकाको कबाडी कर प्रकरण छानबिनका लागि दुई समिति गठन भएको छ । भदाै ११ गते एक टेलिभिजनमा चन्द्रागिरि नगरपालिकाको कबाडी कर संकलन विषयमा समाचारजन्य श्रव्य दृश्य सामाग्री प्रसारण भएको थियो ।

शनिबार साँझ नगरप्रमुखको सचिवालयले सामाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्दै नगरपालिकाले सो प्रकरणमा छानबिन कार्य जारी रहेको जानकारी दिएको छ । सो विज्ञप्तीमा भनिएको छ:

हालै यस चन्द्रागिरि नगरपालिकाको बारेमा संचार माध्यममा प्रसारित भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ। यस सम्बन्धमा नगर कार्यपालिकाको मिति २०७९/०५/१४ गतेको कार्यपालिकाको बैठकबाट राजस्व परामर्श समिति र सार्वजनिक सेवा तथा क्षमता विकास समितिले सात दिनभित्र लिखित प्रतिवेदन पेश गर्ने गरि निर्णय भएको र सम्बन्धित राजस्व शाखाबाट नगर प्रमुख समक्ष पेश गरेको विवरण फारम अनुसार समाचारमा प्रसारित नगदी रसिद भिडाउँदा रसिद बमोजिमकै दाखिला फारममा उल्लेख भएको देखिएको तथा समाचारमा प्रसारित विवरण गलत भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकोले उक्त समितिहरुबाट लिखित प्रतिवेदन प्राप्त भए पश्चात् सम्पुर्ण यथार्थ विवरण निष्पक्ष र पारदर्शी ढंगले सार्वजनिक गरिने व्यहोरा नगर प्रमुखज्युबाट जानकारी गराउनु भयो। साथै नगरपालिका र नगर प्रमुखको बारेमा भ्रामक र कपोलकल्पित समाचार बनाउने, प्रसारण गर्ने र वाचन गर्ने विरुद्ध कानुनी उपचारको मार्गमा जाने समेत नगर प्रमुखज्युले प्रतिबद्धता व्यक्त गर्नु भयो।

कवाडी सामानको राजश्व संकलनका विषयमा चन्द्रागिरि नगरपालिकाको धारणा सार्वजनिक


Leave a Reply

Your email address will not be published. Required fields are marked *