नेपाली बजारमा सुन सकियो, नयाँ गहना नबन्ने

Thankot Times

थानकोट, बैशाख २ ।

विवाहको मुख्य सिजनमै बजारमा काँचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन स्रोतले बताएको अनलाइन खबरमा समाचार छ ।

‘सुन आयात नभएको ११ दिन भयो, गत शुक्रबारसम्म १६ किलो मौज्दात थियो ।’ स्रोतले भन्यो ‘आज शुक्रबारसम्म लगभग रत्तियो ।’

चैत २१ अघिसम्म काठमाडौं उपत्यकाभित्र ५ र बाहिर ५ किलो वितरण गर्ने गरी बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे । बैंकर्स एसोसिएसनकाअनुसार २२ वटा वाणिज्य बैंकले दैनिक पालो-पालो कोटाको सुन आयात गर्ने गरेका थिए ।

बजारमा नयाँ गहना बनाउने सुन अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले पुष्टि गरेको छ । बैंकहरुलाई सुन लगायतका वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशनपछि सुनको आयात ठप्प भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *