२०७४ सालको स्थानीय चुनावमा यस्तो थियो चन्द्रागिरि नगरपालिकामा दलहरुले पाएको मतको अवस्था
थानकोट, वैशाख २ ।
स्थानीय तहको निर्वाचन तयारीमा सबैजसो दल जुटेका छन् । चुनावमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ । चन्द्रागिरि नगरमा पनि सत्ता गठबन्धनका दलहरूले स्थानीय चुनावमा गठबन्धन बनाउने घोषणा गरिसकेका छन् यद्यपी उम्मेदवार के कसरी उठाउने भन्ने विषयमा गठबन्धनका प्रतिनिधिहरूबीच छलफल भइरहेको बुझिएको छ ।
सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा चन्द्रागिरि नगरमा कस्तो नतिजा आउन सक्छ भन्ने आंकलन गर्नका लागि २०७४ सालको स्थानीय तह चुनावमा राजनीतिक दलहरुले हासिल गरेको मतपरिणाम एउटा आधार बन्न सक्छ । त्यसैले अघिल्लो निर्वाचनमा यो नगरपालिकामा राजनीतिक दलहरुले कस्तो मत परिणाम हासिल गरेका थिए भन्ने लेखाजोखा गरेका छौँ ।
अघिल्लो स्थानीय चुनावमा चन्द्रागिरिका १५ वडामध्ये ९ वडामा एमाले विजयी भएको थियो भने ५ वटा वडामा काँग्रेस विजयी भएको थियो त्यस्तै माओवादी केन्द्रले १ वडामा विजयी हुँदै काठमाण्डाैमा पार्टीको साख जोगाएको थियो । काँग्रेस, एमाले र माओवादी केन्द्रमात्र विजयी भएको यो चन्द्रागिरि नगरमा वैशाख ३० को निर्वाचनपछिको नजिता कस्तो हुनेछ भन्ने प्रतिक्षाको विषय बनेको छ ।
चन्द्रागिरिमा एकीकृत समाजवादीले खाता खोल्न सक्ला कि नसक्ला अनि गत स्थानीय चुनावमा पार्टीको साख जोगाएको माओवादी केन्द्रको अवस्था के रहला यो चासो विषय बनेको छ ।
अघिल्लो चुनावमा चन्द्रागिरि नगर प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरी निर्वाचित भएका थिए । १८ जना मेयर बन्न तम्सिएका पहिलो स्थानीय तहको निर्वाचनमा ८ जनाले स्वतन्त्र हैसियतमा मेयर बन्ने आकांक्षा राखेका थिए । १४ जना पुरूष उम्मेदवार रहँदा उक्त चुनावमा ४ जना महिला उम्मेदवारले चन्द्रागिरि नगरको मेयर पदमा दाबेदारी प्रस्तुत गरि मतदाता समक्ष भोट मागेका थिए ।
गिरीले १३ हजार ३०९ मत पाएर जित हासिल गरेका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रल्हाद बहादुर कार्कीलाई २ हजार ८८८ मत अन्तरले पराजित गरेका थिए । कार्कीले १० हजार ४२१ मत प्राप्त गरेका थिए । कार्कीले दोश्रो स्थानीय निर्वाचनमा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट नगरप्रमुखको दाबेदारी पेश गरेका छन् ।
यस्तै माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले ३ हजार ६८७ मत प्राप्त गरेका थिए । तत्कालीन राप्रपाका मदन थापामगरले ६४२ मत प्राप्त गरि चाैथो स्थानमा रहेका थिए । त्यस्तै नेपाल मजदुर किसान पार्टीका गुणदाश महर्जनले ४२५, स्वतन्त्र उम्मेदवार विमल श्रेष्ठले ३१८, संघीय समाजवादी फोरम नेपालका रणजित चन्द्र प्रधानले २०३, नेपाल कम्युनिष्ट पार्टी मालेका रामेश्वर गोपालीले १४२, स्वतन्त्र उम्मेदवार विष्णुकुमार कार्कीले १०१ मत पाएका थिए ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरू रामलाल श्रेष्ठले ७७, राजाराम सुवेदीले ५५, नेपाल कम्युनिष्ट पार्टी संयुक्तकी आशाकुमारी महर्जनले ४४ तथा राष्ट्रिय जनमोर्चाकी सुमित्रा घिमिरेले ४३ मत पाएकी थिइन् । मधेशी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिककी विना गिरीले ३५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवारहरू नीलकण्ठ पाैडेलले ६, नन्दकुमारी श्रेष्ठले १ मत ल्याएकी थिइन् । स्वतन्त्र उम्मेदवारहरू माधव प्रसाद रेग्मी तथा कृष्णहरि बस्नेतले कुनै मत प्राप्त गरेका थिएनन् ।
चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी लिशा नकर्मी निर्वाचित भएकी थिइन् । उनले ११ हजार ८ सय ३४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी इन्द्रावती श्रेष्ठले ११ हजार २ सय ३२ मत प्राप्त गरेकी थिइन् । माओवादी केन्द्रका उर्मिला रोक्काले ३८५४ मत पाउँदा राप्रपाकी देवी भण्डारी ८०२ मत सहित चाैथो स्थानमा रहिन् । राष्ट्रिय जनमोर्चाका रोसन दानीले ३९९ मत पाउँदा उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार जयकृष्ण महर्जनले ३९३ मत पाएका थिए ।
नेपाल मजदुर किसान पार्टीकी श्रृजा थापा मगरले ३३६ मत पाउँदा नयाँ शक्ति पार्टी, नेपालकी मैया महर्जनले १६७ मत पाएकी थिइन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी मालेकी मन श्रेष्ठले ९९ मत पाउँदा स्वतन्त्र उम्मेदवार अम्बिकादेवी पाण्डेले ८२ मत पाएकी थिइन् ।
यस्तो थियो चन्द्रागिरि नगरपालिकाका १५ वडामा राजनीतिक दलहरूको अवस्था
वडा नंं १, दहचोक
यो वडामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसी १ हजार १४३ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
९ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १ मा नेपाली काँग्रेसका जीवन कुमार गिरीले ७४० मत पाएका थिए ।
नेकपा माओवादी केन्द्र १४२ मत,
राष्ट्रिय प्रजातन्त्र पार्टी १३५ मत
वडा नं. २, वाँडभञ्ज्याङ
यो वडामा नेकपा माओवादी केन्द्र उम्मेदवार गोपी सुर्खेती ८०५ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । गत हप्ता नेकपा माओवादी केन्द्रले यो वडामा विजयी भएका वडा सदस्य मधुकर बस्नेतलाई पार्टीबाट निष्काशित गरेको थियो । बस्नेत नेकपा एमाले प्रवेश गरिसकेका छन् ।
६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि २ मा नेपाली काँग्रेसका राजन पोखरेलले ४६९ मत पाएका थिए ।
नेकपा एमाले २९६ मत,
राष्ट्रिय प्रजातन्त्र पार्टी ४६ मत
वडा नं. ३, थानकोट
यो वडामा नेपाली काँग्रेसका उम्मेदवार दुर्गालाल महर्जन ४९५ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ३ मा नेकपा एमालेका नारायण बहादुर महर्जनले ३२४ मत पाएका थिए ।
नेकपा माओवादी केन्द्र २९४ मत
स्वतन्त्र उम्मेदवार ५१ मत
वडा नं. ४, थानकोट
यो वडामा नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद खड्गी १ हजार ३३६ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
८ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ४ मा नेकपा एमालेका राममान गोपालीले ७७६ मत पाएका थिए ।
नेकपा माओवादी केन्द्र ३०१ मत
स्वतन्त्र उम्मेदवार ६० मत
वडा नं. ५, महादेवस्थान
यो वडामा नेकपा एमालेका उम्मेदवार कान्छाभाई महर्जन ५ सय ८० मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
५ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का राजेन्द्र महर्जनले ४६९मत पाएका थिए ।
नेपाली काँग्रेस ४३० मत
राष्ट्रिय प्रजातन्त्र पार्टी ५८ मत
वडा नं. ६, महादेवस्थान
यो वडामा नेकपा एमालेका उम्मेदवार संजय सिग्देल ५ सय ९१ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
७ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ६ मा नेपाली काँग्रेसका स्वयंम थापाले ४८१ मत पाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०६ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी ८७ मत
वडा नं. ७, महादेवस्थान
यो वडामा नेपाली काँग्रेसका उम्मेदवार शम्भुकुमार केसी ६९० मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । एक वडा सदस्य काँग्रेसले जितेको यस वडामा वडा सदस्यका ३ पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका थिए । ५ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ७ वडामा नेकपा एमालेका श्रीहरि थापाले ४५५ मत पाएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी १३९ मत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ११४ मत
वडा नं. ८, मातातीर्थ
यो वडामा नेकपा एमालेका उम्मेदवार सन्तोष खड्का ७ सय ५५ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
एक वडासदस्य काँग्रेसले जितेको चन्द्रागिरि ८ नं. का वडा सदस्यका तीन पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । ६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ८ मा नेपाली काँग्रेसका सरोजकुमार थापाले ६ सय ८८ मत पाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ६२८ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी ८४ मत
वडा नं. ९, मच्छेगाउँ
यो वडामा नेकपा एमालेका उम्मेदवार देवेन्द्र महर्जन ८ सय ७ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ९ मा नेपाली काँग्रेसका अच्यूत अधिकारीले ५८४ मत पाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ३७० मत
राष्ट्रिय प्रजातन्त्र पार्टी ९८ मत
वडा नं. १०। सतुङ्गल
यो वडामा नेकपा एमालेका उम्मेदवार गोपालकृष्ण महर्जन ६ सय ९९ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १० मा नेपाली काँग्रेसका पञ्च बहादुर महर्जनले ४७८ मत पाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २६० मत
संघीय समाजवादी फोरम, नेपाल २०२ मत
वडा नं. ११, सतुङ्गल
यो वडामा नेकपा एमालेका उम्मेदवार हरिभक्त महर्जन ३ सय ५७ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ११ मा स्वतन्त्र उम्मेदवार गौतम श्रेष्ठले ३१४ मत पाएका थिए ।
नेपाली काँग्रेस २६१ मत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ६५ मत
वडा नं. १२, बलम्बु
यो वडामा नेपाली काँग्रेसका उम्मेदवार प्रकाश श्रेष्ठ १ हजार १८८ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
३ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १२ मा नेकपा एमालेका लक्ष्मण कुमार तण्डुकारले ८०५ मत पाएका थिए ।
नेपाल मजदुर किसान पार्टी ५९७ मत
वडा नं. १३, पुरानो नैकाप
यो वडामा नेकपा एमालेका उम्मेदवार बालमुकुन्द विडारी १ हजार १० मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १३ नेपाली काँग्रेसका सन्तोष दाहालले ९सय १९ मत पाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १६६ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी ३८ मत
वडा नं. १४, नयाँ नैकाप
यो वडामा नेपाली काँग्रेसका उम्मेदवार रामहरि बस्नेत १ हजार ३७७ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । एक वडा सदस्य काँग्रेसले जितेको यस वडामा ३ वडा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । ५ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १३ वडामा नेकपा एमालेका राजभाइ महर्जनले १ हजार २१८ मत पाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १४३ मत
वडा नं. १५, तीनथाना
यो वडामा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउत १ हजार ३९५ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।
७ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १५ नेपाली काँग्रेसका घनश्याम लुँइटेलले ९सय ५३ मत पाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २८७ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी ५३ मत

















ओढामा कङ्रेस र यमाले मात्रै छन् त। तर पनि खसै केहि विकाश देखिदैन।