बैशाख ३० को स्थानीय चुनावमा चन्द्रागिरिमा पाँच दलबीच गठबन्धन हुने

Thankot Times

थानकोट, चैत्र २७ ।

आसन्न स्थानीय चुनावका लागि चन्द्रागिरि नगरपालिकामा पाँच दलबीच गठबन्धन हुने भएको छ ।

आइतबार नेपाली काँग्रेसका चन्द्रागिरि नगर समिति उपसभापति राजेन्द्रविक्रम बानियाँको अध्यक्षतामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) तथा जनता समाजवादी पार्टीका चन्द्रागिरि नगरका नेताहरूको संयुक्त बैठकले दोश्रो स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको नेपाली काँग्रेस चन्द्रागिरि नगर समिति सचिव नविन महर्जनले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । काठमाण्डाै क्षेत्र नंं ९ र १० मा पर्ने चन्द्रागिरि नगरका सबै १५ वडा तथा नगरप्रमुख तथा उपप्रमुखमा गठबन्धनबीच तालमेल हुने बताइएको छ । गठबन्धनको चैत्र २९ गते बस्ने बैठकले थप रणनीति तय गर्ने बुझिएको छ ।

चन्द्रागिरि नगरमा सत्ता गठबन्धनका नेताहरूसहितको यो तेश्रो बैठक भएको बताइएको छ । स्थानीय चुनाव आउन ३३ दिन बाँकी रहँदा चन्द्रागिरि नगरमा कुनैपनि दलले हालसम्म उम्मेदवारहरू टुंग्याउन सकेका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *