चन्द्रागिरि-२ का जनप्रतिनिधिलाई माओवादी केन्द्रको अनुशासनको कारबाही, साधारण सदस्यबाटै निष्काशित

Thankot Times

थानकोट, चैत्र २६ ।

नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङका जनप्रतिनिधि समेत रहेकाआफ्ना सदस्यलाई पार्टीबाट निष्काशित गरेको छ ।शुक्रबार पार्टीका नगर समिति अध्यक्ष देवकृष्ण महर्जनद्धारा हस्ताक्षरित विज्ञप्तीमा बहालवाला निर्वाचित वडा सदस्य मधुकर बस्नेतलाई कारबाही गरिएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ “पार्टीको विधानमा उल्लेखित अनुशासनहीन कार्य गरेकोले निजलाई अनुशासनको कारबाही गरी पाउँ भन्ने व्यहोरा सहितको सिफारिस वडा समितिबाट नगर समितिमा प्राप्त हुन आएको र उक्त सिफारिस सम्बन्धमा उक्त पार्टीको नगर समितिको पदाधिकरी बैठकले बस्नेतले पार्टी हित विपरीत अनुशासनहीन कार्य गरेको देखिएकोले २०७८ चैत्र २५ गतेदेखी माओवादी केन्द्र पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरिएको  छ ।”

पार्टीले कारबाही गरेपछि थानकोट टाइम्ससँग कुरा गर्दै मधुकर बस्नेतले आफूले २०७८ पाैष महिनाबाटै पार्टी त्याग गरिसकेकोले यो कारबाहीको कुनै अर्थ नरहेको बताए ।

बस्नेतले माघ २३ गते फेसबुकमार्फत गरेको पार्टी परित्यागको घोषणा ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *