म्यादी प्रहरीलाई गाली गरी भिडिओ हालेको आरोपमा एक युट्युबर पक्राउ

Thankot Times

थानकोट । 

म्यादी प्रहरीलाई गाली गरी सामाजिक सञ्जालमा भिडिओ हालेको आरोपमा एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ। 

विभिन्न आक्षेप, लाञ्छना लगाएर सुरक्षाकर्मीको चरित्रमा दाग पुर्‍याएको आरोपमा युट्युबरलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। 

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौर बस्ने २० वर्षीय प्रतीक भन्ने नवीन खड्का छन्। 

काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर मंगलबार उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा उनलाई पक्राउ गरिएको हो। 

उनीमाथि अनुसन्धान गर्न अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति पाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *