बसन्तपुरमा चीर ठडिएसँगै सुरु भयो फागु पर्व

Thankot Times

थानकोट ।

फागुन शुक्ल अष्टमीका दिन ठड्याइने चीर उठाएपछि देशभर फागु पर्व सुरु भएको छ । सोमबार बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् ।

साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

आज नै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *