प्रधानमन्त्री बालेन र समानुपातिक सांसदहरूबीच आज अन्तरक्रिया हुँदै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरूसँग आज (वैशाख २) अन्तरक्रिया गर्दै छन् ।

मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार, प्रधानमन्त्री बालेनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्नेछन् ।

प्रधानमन्त्री शाहले यसअघि प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन यो अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने बताइएको छ ।

कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ