तीनथाना विष्णुदेवी परिसरबाट हराएको ८औँ शताब्दीतिरको सरस्वतीको मूर्ति अमेरिकामा !

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट वि.संं २०३७ साल ताका हराएको सरस्वतीको मूर्ति टाउको विहिन अवस्थामा अमेरिकामा फेला परेको छ ।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचान गरी नेपाल फर्काउन पहल गर्दै आएको लस्ट आर्टस अफ नेपाल  अभियानले सो मुर्ति अमेरिकी नागरिक रोबर्ट ह्याटफिल्ड एल्सवर्थको नीजि संग्रहमा रहेको जनाएको हो ।

७ औं वा ८औं शताब्दीमा बनेको विश्वास लिएको सो मुर्ति १ सय ३० सेन्टीमिटर अग्लो थियो भने मुर्तिको टाउको काटिएको अवस्थामा फेला परेको छ जसको खुट्टाको टुक्रा अझैपनि विष्णुदेवी मन्दिर क्षेत्रमा देख्न सकिन्छ । हाल अमेरिकामा फेला परेको मुर्तिको उचाइ ९१.५ सेन्टीमिटर रहेको छ ।

वास्तुविद् कार्ल प्रुस्चद्वारा वि.संं २०३२ साल ताका खिचिएको सो मुर्तिको तस्बिर “काठमाडौं उपत्यका, खण्ड २” र उल्रिच भोन श्रोडरको “नेपाली स्टोन स्कल्प्चर्स, खण्ड १ – हिन्दू, प्लेट नम्बर २ ई ४” मा प्रकाशित भएको थियो।

यस प्रस्तर मूर्ति सम्पदाको तस्बिर अस्ट्रियन वास्तुविद् कार्ल प्रुस्चले सन् १९७५ र नेपाली अन्वेषक शुक्रसागर श्रेष्ठले सन् १९८१ मा लिएका थिए । स्विस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लिज स्टोन स्कल्प्चर्स, भोल्युम १ (प्लेट २२४)’ मा पनि नैकापको यो मूर्ति तस्बिर तथा विवरण उल्लेखित छ ।

सो मुर्ति निकाल्ने क्रममा भाँचिएको खुट्टाको भाग भने सोही अवस्थमा अहिले पनि विष्णुदेवी मन्दिर क्षेत्रमा छ र सो मुर्ति भएको स्थानमा नयाँ मुर्ति प्रतिस्थापन गरिएको छ ।

अमेरिकामा फेला परेको सो मुर्तिको फोटो २० वर्षअघि सन् २००३ मा प्रकाशित प्रदर्शनीको क्याटलगमा “डेभिन प्रेजेन्स: आर्ट्स अफ इन्डिया र हिमालयज” शीर्षकमा समावेश भएको पनि सो अभियानले जनाएको छ ।


One thought on “तीनथाना विष्णुदेवी परिसरबाट हराएको ८औँ शताब्दीतिरको सरस्वतीको मूर्ति अमेरिकामा !

  1. Glad to read the article, we were able to visit the place fortunately. we saw the same goddess Saraswoti with new version but foot is old according to the article read on. Some of the pilgrimages also rumoring about foot that remains belongs from far away so let us refresh and oiled the foot and body to make it holy goddesses. May be that could be main reason why people are still on misunderstood with the foot that worship for emphasis.

Leave a Reply

Your email address will not be published. Required fields are marked *