बागमती प्रदेशमा मन्त्रालय टुक्र्याइयो, सपथ लिएको ४२ दिनपछि मन्त्री आलेलाई मन्त्रालय

Thankot Times

थानकोट । 

बागमती प्रदेशमा बिना विभागीय मन्त्रीको सपथ लिएको ४२ दिनपछि मन्त्री रमा आलेमगरले मन्त्रालय पाउने पक्का भएको छ । 

बागमती प्रदेशमा मन्त्रीको संख्या १३ हुँदा मन्त्रालय १२ रहेपछि सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेको छ ।

मन्त्री रमा आलेमगरलाई बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी

बिना विभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

एकीकृत समाजवादीकी सांसद मगर डेढ महिनाअघि बिना विभागीय मन्त्री बनेकी थिइन् ।

बागमतीमा मन्त्रालयको संख्या १३ पुगेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या यसअघि १४ बाट घटाएर १२ कायम गरेका थिए ।

उनले आफ्नो सरकार जोगाउन फेरि मन्त्रालयको संख्या थपेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *