नेपाली कांग्रेसको चन्द्रागिरि नगर सम्मेलनमा भोलि आइतबार, प्रकाशमान सिंह प्रमुख अतिथि
थानकोट ।
नेपाली कांग्रेस पार्टीको चन्द्रागिरि नगरको प्रथम सम्मेलन भोलि आइतबार आयोजना हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका नैकापमा हुने आयोजना हुने सो सम्मेलनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति सचिव नविन महर्जनले जानकारी दिनुभयो ।














