बैशाख महिनामा १ लाख २६ हजार जनाले चढे मनकामना केबुलकार

Thankot Times

थानकोट ।

नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकार चढ्ने यात्रुहरूको औसत संख्या दैनिक ४ हजार भन्दा धेरै पाइएको छ ।

मनकामना दर्शन प्रालिद्वारा प्रवर्द्धित सो केबुलकार हुँदै यस वर्षको पहिलो महिनामा १ लाख २६ हजार ३ सय ३८ जनाले यात्रा गरेको कम्पनीले जनाएको छ।
बैशाख महिनामा कोरोना भाइरस महामारीपछि पहिलोपटक सबैभन्दा धेरै यात्रुले केबुलकारबाट यात्रा गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।


नयाँ वर्षको पहिलो दिन केबुलकार चढ्नेको भीड

‘बैशाख महिनामा केबुलकारमा यात्रा गर्ने दैनिक औसत यात्रु संख्या ४ हजारभन्दा बढि रहेको पाइयो’- प्रबन्ध निर्देशक श्रेष्ठले भन्नुभयो । नयाँ वर्षको पहिलो दिन नै झण्डै १० हजार जनाले केबुलकार चढेका थिए ।

कम्पनीका अनुसार चालु आर्थिक वर्षको १० महिनामा करिब ८ लाख ७० हजार जना यात्रुहरूलाई सेवा प्रदान गरिएको छ। जसमध्ये ७१.१७ प्रतिशत अर्थात ६ लाख १९ हजार ३ सय ७३ जना नेपाली नागरिक तथा २४.१० प्रतिशत अर्थात २ लाख ९ हजार ७ सय ४३ जना भारतीय नागरिकले मनकामना केबुलकारमा यात्रा गरेका छन् ।

पछिल्लो समय मनकामना दर्शनका लागि भारतीय पर्यटकहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको मनकामना क्षेत्र विकास समिति अध्यक्ष रामकुमार जोशीले जानकारी दिनुभयो ।

कम्पनीले यात्रुहरूको सुविधाका लागि मनकामना मन्दिर नजिकै ४० कोठायुक्त सुविधासम्पन्न होटल तथा रिसोर्टको पनि निर्माणमा गरिरहेको छ ।

मनकामना केबलकारका कार्यकारी निर्देशक श्रेष्ठलाई अष्ट्रिया सरकारको ‘अनररी अफ सिल्भर’ सम्मान

नयाँ वर्ष पहिलो दिन १० हजार यात्रुले चढे मनकामना केबुलकार


Leave a Reply

Your email address will not be published. Required fields are marked *