त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा कृष्णहरि शर्मा पोखरेल
थानकोट ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेलले पाएका छन् ।
यसअघि विमानस्थलमा कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
पोखरलेल यसअघि बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा कार्यरत थिए ।













