गृह सचिवमा एकनारायण अर्याल

Thankot Times

थानकोट ।

गृह मन्त्रालयको सचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले अर्याललाई गृहमा सरुवा गर्ने निर्णय गरेको हो।

अर्याल विगत एक वर्षदेखि प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए । गृह सचिव दिनेश भट्टराईको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकारले सचिव परिवर्तन गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *