आज अन्तरार्ष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । 

मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।  

अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

यस दिवसको अवसरमा देशैभरी विभिन्न अन्तर्क्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ ।

विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।

सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको हो ।

सोही आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *