चन्द्रागिरिमा रातिराति भारी वर्षा, दिउँसो चर्को घाम, यस्तो छ आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

गएराति भारी वर्षा भएको चन्द्रागिरि नगरक्षेत्रमा अहिले बिहानको माैसम पूर्णतया बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

सोमबार कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ