नेपाल रेडक्रस चन्द्रागिरि उपशाखा तदर्थ समिति अध्यक्षमा ओमप्रकाश श्रेष्ठ, सचिवमा इश्वर लामा

Thankot Times

थानकोट ।

नेपाल रेडक्रस सोसाइटी काठमाडाैं जिल्ला शाखामा आबद्ध नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरि उपशाखाको तदर्थ समिति गठन गरिएको छ ।

सो उपशाखाको कार्यसमितिको कार्यावधि २०७७ पुस २४ गते सकिएकोमा म्याद थप गरि २०७८ पुस २४ गतेका लागि निर्वाचन अधिकारीसमेत तोकिइसकिएको अवस्थामा अधिवेशन हुन नसकी समिति निस्कृय रहेको भन्दै काठमाडाैं जिल्ला शाखाको बैशाख १४ गतेको बैठकले नेपाल रेडक्रस सोसाइटीको विधान २०२० को परिच्छेद १२ को दफा ४३ को उपदफा १ अनुसार दफा ३९ को उपदफा १ सँग अनुकुल हुने गरी ओम प्रकाश श्रेष्ठको संयोजकत्वमा सोमबार चन्द्रागिरि नगरपालिका उपशाखा गठन गरेको हो ।

श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय चन्द्रागिरि उपशाखा तदर्थ समिति गठन भएको छ ।

जसको उपसंयोजकमा ज्योति गिरी, सचिवमा इश्वर लामा, कोषाध्यक्षमा मेलिना केसी, उप-सचिवमा विष्णु प्रसाद नेपाल, उप-कोषाध्यक्षमा रमेश शाही, महिला सदस्यमा नविना थापा, सदस्यहरूमा क्रमश प्रायुष लामा, सुरेन्द्र महर्जन, धन बहादुर तामाङ र राजेन्द्र महर्जन चयन भएका छन् ।

सो तदर्थ समितिले ३ महिनाभित्र उपशाखाको सम्पूर्ण दायित्व पूरा गरी निर्वाचन गराउन समेत जिम्मेवारी दिइएको नेपाल रेडक्रस सोसाइटीका मन्त्री बृद्धिमान शाक्यले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *