७ दिनअघि कलंकीबाट बेपत्ता भएकी स्नेहा पशुपतिनाथ क्षेत्रमा फेला परिन

Thankot Times

थानकोट । 

काठमाडाैंको कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् । 

सूचनाको आधारमा बुधबार साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

‘यत्तिका दिन उहाँ कहाँ हुनुहुन्थ्यो, कस्तो अवस्थामा हुनुहुन्थ्यो भन्ने विषयमा अहिले सोधेका छैनौं’, उनले भने, ‘त्यो विषयमा पनि बुझ्छौं ।’

चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् लामिछाने १९ वैशाखदेखि सम्पर्कविहीन थिइन् ।

अनलाइनखबरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *