साउने सोमबार चन्द्रागिरि केबलकारको टिकटमा ५१.५१ प्रतिशत छुट !

Thankot Times

थानकोट ।

थानकोटस्थित चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले साउन महिनाका ४ दिन केबलकारको टिकट खरिदमा छुट दिने भएको छ ।

हिल्सद्धारा बिहीबार जारी विज्ञप्तीमा जनाइए अनुसार साउन महिनाको हरेक सोमबार साँझ ५ बजेपछि खरिद हुने टिकटमा ५१.५१ प्रतिशत छुट उपलब्ध गराइने उल्लेख छ ।

साउन महिनाको सोमबार हुने विशेष आरतीमा दर्शनार्थीहरूको सहभागिता बढाउन हिल्सले सो छुट सुविधा ल्याएको हो। चन्द्रागिरि डाँडास्थित भालेश्वर मन्दिरमा गतवर्षबाट साउन महिनाको सोमबार विशेष आरती हुँदै आएको छ ।

हाल नेपाली नागरिकहरूले चन्द्रागिरि केबलकार चढ्न ८२५ रूपैयाँ तिर्दै आएका छन् । यो केबलकारको दुईतर्फी टिकट दर हो ।

 

चन्द्रागिरि केबलकारको टिकट मूल्य बढ्यो, एकतर्फी टिकटको मूल्य अब ४९५ रूपैयाँ

चन्द्रागिरि केबलकारको टिकट किन्दा स्थानीयले कति छुट पाउलान् ? यस्तो छ पछिल्लो छुट नीति


Leave a Reply

Your email address will not be published. Required fields are marked *