चन्द्रागिरि केबलकारको टिकट किन्दा स्थानीयले कति छुट पाउलान् ? यस्तो छ पछिल्लो छुट नीति

Thankot Times

थानकोट ।

चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले लिने केबलकार टिकट शुल्कको छुट नीति सार्वजनिक गरेको छ ।

सोमबार कम्पनीले सार्वजनिक गरेको सूचीअनुसार चन्द्रागिरि केबलकार चढ्न स्थानीयले २५ प्रतिशत छुट पाउने बताइएको छ । यस्तै विद्यार्थी तथा विदेशमा बसोबास गर्ने नेपालीहरूले पनि टिकट मूल्यको २५ प्रति छुट पाउनेछन् ।

८० वर्षमाथिका व्यक्ति तथा ३ फिट उचाइ भन्दा कम भएका बालबालिकाका लागि केबलकारको टिकट निःशुल्क उपलब्ध हुने चन्द्रागिरि हिल्सको भनाइ छ । सो छुट लिनका लागि म्याद रहेको परिचय पत्र अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्ने बताइएको छ ।
यसअघि चन्द्रागिरि केबलकारले बैशाख १ गतेबाट लागु हुनेगरी केबलकारको टिकट मूल्य वृद्धि गरेको छ ।

चन्द्रागिरि हिल्सले सार्वजनिक गरेको केबलकारको टिकट मूल्य दिने छुटको विस्तृत विवरण हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *