दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि वीरगञ्जमा कर्फ्यु आदेश जारी

Thankot Times

थानकोट ।

दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले पर्साले वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्युआदेश जारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि मध्यान्ह १२ बजेसम्म लागू हुनेगरी वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडपले उग्ररुप लिएकोे छ । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो ।

उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ । शोभायात्रामा सहभागीहरुले भने मुस्लिम समूहले मस्जिदबाट ढुंगा मुढा हानेपछि विवाद सुरु भएको आरोप लगाएको प्रहरीको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *