पूर्वसुरक्षाकर्मी परिषद् चन्द्रागिरिको अध्यक्षमा विक्रम पाण्डे, सचिवमा दीपेन्द्र न्यौपाने
थानकोट ।
पूर्व सुरक्षाकर्मी परिषद्, चन्द्रागिरि नगरपालिका कार्य समितिको अध्यक्षमा विक्रम पाण्डे निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाबाट अध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै, समितिको वरिष्ठ उपाध्यक्षमा सुब्बा थपलिया, उपाध्यक्ष डाक बहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा दीपेन्द्र न्यौपाने, कोषाध्यक्षमा रेशम भण्डारी, सह सचिवमा सरिता पौडेल निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ । समितिको सदस्यमा हिमालय खड्का, प्रकाश राज रेग्मी, शान्ति महर्जन चयन भएका छन् ।
सो कार्यक्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडाध्यक्ष राजेन्द्र महर्जन, श्रीकृष्ण खत्री, घनश्याम लुँइटेल लगायतको उपस्थिति रहेको थियो ।
स्वदेश तथा विदेशका भूमिमा समेत सुरक्षा निकायमा कार्यरत रही अवकाश भएका पूर्व सुरक्षाकर्मीहरूलाई एउटै छातामुनी गोलबद्ध गराई सुरक्षाकर्मी तथा उनिहरूका आश्रित परिवारहरूको हकहित, राष्ट्र र राष्ट्रियताको सुरक्षा र समृद्धिका लागि क्रियाशील रहन संस्था गठन गरिएको परिषद्ले जनाएको छ ।


















