लागूऔषधसहित नागढुङ्गाबाट समातिए ३१ वर्षीय युवा
थानकोट ।
प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १३ ग्रामसहित मोरङ पथरी शनिश्चरे नगरपालिका–९ बस्ने ३१ वर्षीय कोपिल भट्टराईलाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको टोलीले बा.प्र.०१–०१–००६ ख ४७९७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












