थानकोटमा कारलाई ठक्कर दिएकाे गाडी घरमा ठाेक्कियाे, चालक फरार

Thankot Times

थानकोट ।

थानकोट-रत्नपार्क रुटमा गुड्ने यात्रुबाहक फाेर्स गाडीले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दिएको छ।

शनिबार दिउँसो साढे २ बजे चन्द्रागिरि नगरपालिका-३ थानकोटस्थित सिद्धार्थ बैंकनजिक सडकमा कलंकी जाँदै गरेको बा २ ख ९३९३ नम्बरको थानकोट यातायातको गाडीले नीजि कारलाई ठक्कर दिएको हो।

कलंकीतर्फ जाँदै गरेको बि आर ०१ पि सी ३७५४ नम्बरको कारलाई उक्त गाडीले पछाडिबाट ठक्कर दिएको थियो। सो पछि कारलाई ठक्कर दिएको गाडी सडकछेउमा रहेको घरको भित्तामा ठोक्किन पुगेको थियो।

गाडी चालक फरार भएका छन्। यसबारेमा अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *