तनहुँमा पुलबाट जिप खस्दा तीन जनाको मृत्यु, दुई जना घाइते

Thankot Times

थानकोट ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

जिपमा पाँच जना सवार थिए ।

मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ ।

उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो ।

घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको छ।

दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *