करिब २९ लाख नगद, ९ केजी चाँदी र ७ सय ३४ ग्राम सुनसहित भारतीय युवक पक्राउ
थानकोट ।
काठमाडौँको कोटेश्वरबाट प्रहरीले नगद र सुन चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सुन गाल्ने कारखानामा छापा मारेर एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका २७ वर्षीय योगेश श्रीमन्त मगर छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले कारखानाबाट स्रोत नखुलेको २८ लाख ९३ हजार नगद बरामद गरेको छ ।
९ केजी ५ सय ग्राम चाँदी र अवैध तरिकाले संकलन गरिएको ७ सय ३४ ग्राम सुन पनि प्रहरीले बरामद गरेको छ ।
आरोपीमाथि अनुसन्धान भइरहेको एसएसपी अधिकारीले बताए ।


















