काठमाडाैंमा राजावादी समूहको प्रदर्शनः राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

Thankot Times

थानकोट ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । 

प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको प्रदर्शनस्थलमा समाचार संकलनका लागि पुगेका रातोपाटीकर्मी कृष्ण खड्काले जनाएका छन् । 

नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् ।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *