प्याब्सन चन्द्रागिरि कप छात्र फुटसलः यी ८ टोली नकआउट चरणका लागि छानिए

Thankot Times

थानकोट।

चाैथो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल प्रतियोगिताका समुह चरणका खेलहरू शुक्रबार सम्पन्न भएका छन् ।

कुल १६ टोली सम्मिलित प्रतियोगिताको पहिलो दिन भएका खेलमा शतप्रतिशत जित हातपार्दै ८ टोली प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका छन् । 

सहभागी टोलीलाई ४ समुहमा विभाजन गरिएको थियो जसअनुसार समुह क बाट जेसिस र रिब्स स्कुल अन्तिम ८ मा प्रवेश गरेका छन् । 

समुह ख अन्तर्गत बालतारा, ब्राइट एन्जलले अन्तिम आठमा स्थान सुरक्षित गर्दा समुह ग बाट ओराकल-रे र गोल्डेन फ्लावर स्कुल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् । समुह घ  बाट ब्राइट फ्यूचर र एआइ स्कुल अन्तिम ८ मा प्रवेश गरेका छन् । 

शनिबार प्रतियोगिताका क्वाटरफाइनल, सेमीफाइनल, तेस्रो स्थान र फाइनल खेल हुने तालिका रहेको छ ।

क्वाटर फाइनल खेल शनिबार बिहान ९:२० बाट सुरु हुनेछ । पहिलो क्वाटर फाइनलमा रिब्स स्कुल र ओराकल-रे बीच खेल हुनेछ । यस्तै ब्राइट फ्यूचर र ब्राइन्ट एन्जेल, गोल्डेन फ्लावर र जेसीस, एआइ स्कुल र बालतारा पनि क्वाटरफाइनलमा आमुनेसामुने हुनेछन् । 

यस प्रतियोगितामा शीर्ष ३ स्थानभित्र रहने विद्यालयहरूले प्याब्सन काठमाडौं महानगर कार्यसमितिले आयोजना गर्ने प्याब्सन कप फुटसलमा सहभागिताका लागि अवसर पाउनेछन्।

गतवर्ष घरेलुु टाेली ब्राइट फ्युचर माविलाई स्तब्ध बनाउँदै चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल प्रतियोगिताकाे उपाधि उचालेकाे थियो । 

नगरक्षेत्रमा सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूबीच बन्धुत्वको भावना जागृत गराउन तथा विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउन कार्यक्रम आयोजना गरिएको प्याब्सन चन्द्रागिरिका अध्यक्ष सरोज महर्जनको भनाइ छ ।

प्याब्सन चन्द्रागिरिले समय समयमा अन्तर विद्यालय शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *