काठमाडाैं जेनजी प्रदर्शन, मृत्यु हुनेको संख्या १८ पुग्यो, २०० जना भन्दा धेरै घाइते
थानकोट ।
काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।
ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे।
ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ।
४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
जेनजी प्रदर्शनः चन्द्रागिरिका २० वर्षीय युवासहित कैंयन घाइते, विभिन्न अस्पतालमा उपचार जारी
यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ।
उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ।
टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गोपाल सेडाइँले जानकारी दिए।
मृतकहरूको परिचय खुलेको छैन्। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ।
अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ।

















